स्रोत नखुलेको ११ लाख रुपैयाँसहित जैसवाल पक्राउ

काठमाडौं – स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

गौर – १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *