आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आज विश्वास मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । मुख्यमन्त्री लामा नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मा. मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ) ले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु हुने हुँदा सभामुखज्यूले प्रदेश सभाको बैठक २०८१-४-१५ गते दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नु भएकोले उपस्थितिको लागि आदेशानुसार अनुरोध गर्दछु’, प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन् । विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *