मुग्लिन–आँबुखैरेनी सडक बन्द गरेर मर्स्याङ्दीमा खसेको बस निकालिँदै


काठमाडाैं – मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन-आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द भएको छ । मुग्लिन-आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको हो ।

गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १४ जना भएका छन् ।

सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ । शवलाई शनिवार भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ ।

प्रतिक्रिया