पृथ्वीसुब्बा सुरुवाती मतगणनामै पछि परे, दुधपोखरीमा रास्वपाको अग्रता
काठमाडाैं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले ७४९ मतले पछि पारेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५७३ मतले पछि पारेका हुन् । दुधपोखरी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले एक हजार ४ सय ७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै गमप्रसादले एक हजार तीन सय र पृथ्वीसुब्बाले ७२७ मत पाएका छन् । १ लाख ३७ हजार मतदाता रहेको उक्त क्षेत्रमा ७५ हजार २५ मत खसेको थियो ।
