नेपाली युवालाई कतार प्रहरीमा रोजगारी, अवैध चलखेल सुरू

काठमाडौं – कतारको दोहामा आयोजना हुने विश्वकप फुटबल २०२२ लाई मध्यनजर गरेर कतारको गृह मन्त्रालयले झण्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि  काम दिने घोषणा गरेकाे छ । निर्णय सार्वजानिक हुने वित्तिकै नेपालमा म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

अहिले म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् ।
सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने भनेपनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

कतारले कम्तीमा ६ हजार रियाल तलव पाउने गरी करिब १० हजार नेपाली कतार प्रहरीको सहयोगीका रुपमा भर्ना गर्न चाहेको सार्वजनिक भएको छ । यसअघि सरकारको अनुमति बिना गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको विषय बिबादमा आए पछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो ।

हाल काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको पीडितकाे गुनासाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *