भालुकाे आक्रमणमा परि एक जना घाइते


डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका १ का नरबहादुर खड्का भालुको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज मङ्गलवार बिहान घरबाट लेकतिर जाने क्रममा छेरेपानी भन्ने ठाउँमा खड्कालाई भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परि खड्काको टाउको, अनुहार र खुट्टमा चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि कैलाली रेफर गरिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

प्रतिक्रिया