चन्द्रगढी कारागारभित्रै कैदीबन्दीले गरे टायर बालेर प्रदर्शन


झापा – कोशी प्रदेशको चन्द्रगढी कारागारभित्रै कैदीबन्दीले टायर बालेर प्रदर्शन गरेका छन् ।

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैदी मनोज लावतीलाई झुम्का कारागारमा सरुवा गर्न शुक्रबार दिउँसो सुरक्षाकर्मी कारागारभित्र पस्दा उनीहरूले हुलदंगा गरेका हुन् ।

कैदीबन्दीले कारागारभित्रैबाट ढुंगामुढा प्रहार गर्नुका साथै नाराबाजी समेत गरेका छन् । झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ ।

तनावलाई मत्थर पार्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिप्रका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायतको सरकारी टोली कैदीबन्दीसँग वार्ता गर्न कारागारभित्र प्रवेश गरेको छ ।

प्रतिक्रिया