जंगली च्याउ खाँदा दाङमा दुई जनाको मृत्यु


दाङ – दाङ जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका-४ मैकुटीका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।

प्रतिक्रिया