कैलालीबाट १० गोलिया अवैध काठसहित ट्याक्टर बरामद

धनगढी – कैलालीबाट १० गोलिया अवैध काठसहित ट्याक्टर बरामद भएको छ । विशेष सूचनाको आधारमा कैलालीको घोडाघोडी नगरपालिका-४ रामपुरबाट सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो।

से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए। तस्करहरूले काठ रामपुरमा रहेको मिलमा लिन खोजको बुझिएको छ।

ट्याक्टर छोडेर फरार भएका तस्करहरूको खोजी कार्य भई रहेको डिभिजन वन कार्यालय सुखडले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *