काठमाडाैंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडाैं – आज (बुधबार) बिहानैदेखि देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशभरजसो स्थानमा घाम लागेको छैन।

काठमाडौं उपत्यकामा बिहानै छिटपुट पानी परेर अहिले रोकिएको छ। ‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् समिर श्रेष्ठले बताए, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र।’

उनका अनुसार आज खासगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ, तर ठूलो भन्नाले भारी वर्षा होइन ।

मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ। जसले वायु प्रदूषण बढाउँछ। ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन।’

आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए। तर अहिले प्रि-मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *