पालिका निर्वाचनका उम्मेदवारको खर्च विवरण पठाउन आयोगकाे निर्देशन

काठमाडौं – निर्वाचन आयोगले पालिका चुनावमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ।

मतदानकाे परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो।

निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको आफ्नो खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *