आँगनकाे पर्खाल भत्किँदा छेउबाट हिँडिरहेकी वृद्धाको पुरिएर मृत्यु

काठमाडौं – भक्तपुरमा आँगनकाे पर्खाल भत्किँदा छेउबाट हिँडिरहेकी वृद्धाको पुरिएर मृत्यु भएको छ।

बुधबार साँझ ५ बजे सूर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुलीस्थित घरकाे आँगनमा लगाएको पर्खाल भत्किँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

कान्छा श्रेष्ठको घर आँगनमा लगाएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ। सो भत्किँदा सोही ठाउँकी ६६ वर्षीया नारायण देवी थापा पुरिएकी थिइन् ।

हिँडिरहेको अवस्थामा पर्खाल भत्किँदा उनलाई पुरेर घटनास्थलमै मृत्यु भएको पाण्डेले बताए । प्रहरी वृत्त जगातीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *