तीन जनाको हत्या आरोपमा सिरियल किलर दम्पत्ती पक्राउ

सन्धिखर्क – अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय सिरियल किलर पक्राउ परेका छन्। श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो।

उनले श्रींखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

श्रीमतीसँग मिलेर हत्या गरेको सुसान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले पक्राउ गरेको हो। सिंह दम्पत्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *