१ सय ६७ मतसहित एमालेका घिमिरे सभामुख निर्वाचित

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। सहभागी २६८ मध्ये १६७ मतसहित घिमिरे निर्वाचित भएका हुन्।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत ल्याइन्। एक मत तटस्थ रहेको ज्यष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

घिमिरेको प्रस्तावकमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन्, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका थिए।

घिमिरे झापा-२ बाट निर्वाचित सांसद् हुन्। उनले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *