सबै पार्टीले गठबन्धनको सरकारलाई विश्वासको मत दिन ओलीको आग्रह


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो पार्टी नेपाली कांग्रेसले विश्वासको मत दिए अफ्ठ्यनरो नमान्न आग्रह गरेका छन्।

उनले दलहरूबीच केही मतभेद भए पनि स्थायित्वका लागि एक हुन आह्वान गरे ।

‘यो सरकार नेपाली जनताले चुनेर बनाएको संसदको, जनता र संसदको अभिमतबाट बनेको सरकार हो। यसको मर्म बुझेर, आशंका नगर्न आग्रह गर्दछ,’ उनले भने।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनसँग अहिल्यै १७५-८० मत भएको दाबी गरे।

 

प्रतिक्रिया