एमाले सचिवालय बैठक बस्दै, वार्षिक कार्ययोजना टुङ्ग्याउने तयारी


काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिवालयको बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बस्ने बैठकमा पोलिटब्युरो बैठकबाट आएका सुझाव समेटेर वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने तयारी छ । एमालेको भदौ १८ र १९ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेस्रो पोलिटब्युरो बैठक बसेको थियो ।

बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।कार्ययोजनामा संगठित सदस्यता र संगठन विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने, आगामी एक वर्षभित्रै १० लाख सदस्यता पुर्‍याउने लगायतका योजना समेटिएका थिए ।

त्यसमा ५१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । ती सुझाव समेटेर कार्ययोजनलाई पूर्णता दिने जिम्मा बैठकले सचिवालयलाई दिएको थियो ।

प्रतिक्रिया