नहरको इन्टेकमा बालक मृत फेला
![](https://seroferoaaja.com/wp-content/uploads/2021/08/child-death.jpg)
धनगढी – कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन् ।
लम्कीचुहा नगरपालिका-२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन ।
जानकी गाउँपालिका-९ सुकुम्वासी टोलका राजु सुनारको घरको आँगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए ।
खोजतलासको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।