नहरको इन्टेकमा बालक मृत फेला


धनगढी – कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन् ।​

लम्कीचुहा नगरपालिका-२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन ।

जानकी गाउँपालिका-९ सुकुम्वासी टोलका राजु सुनारको घरको आँगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए ।

खोजतलासको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया