तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं – नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य भने प्रतितोला १ हजार ७९० रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *