नेकपा एमालेको सचिवालय बैठक स्थगित


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको छ । जसअनुसार नेताहरूको पुरानो जिम्मेवारी हेरफेर गर्नेसमेत गर्ने तयारी भएको छ ।

बुधबार बस्ने बैठकमा पार्टीको आन्तरिक एजेण्डका साथै कांग्रेससँग भएको सहमतिका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया