गलकोट पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध


बलेवा – मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ । हाल प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका जनाएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिरोका कारण चार दिनयता सवारी आवागमन रोकिएकाे छ ।

पहिराेले सडकको ‘ट्रयाक’ नै बगाएका कारण करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको छ । जिल्लामा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया