आज उपनिर्वाचन : मतदान सुरू, मत सार्वजनिक गरे कारबाहीसम्म हुने


काठमाडौं – प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान सुरु भएको छ ।

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे । बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगले मत हाल्न जाँदा मोबाइल लैजाने देखी आफुले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ ।

आज सम्पन्न हुन गईरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुदेँ निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ ।

‘कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने’ आयोगको निर्देशनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्:-

यस्तो छ निर्वाचन आयोगको १० बुदेँ निर्देशन

प्रतिक्रिया