चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेलाई प्रमाणपत्र प्रदान


चितवन – चितवन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले आज (मंगलबार) दिउँसो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए ।

यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया