आफ्नै बुबाको हत्या आरोपमा एक जना पक्राउ


दाङ – आफ्नै ५१ वर्षीय बुबाको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

आफ्नै ५१ वर्षीय बुबा प्रेमबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया