वैद्यनाथधाममा जारी महायज्ञको हवनकुण्डमा आगलागी


अछाम – अछामको वैद्यनाथधाममा जारी कोटीहोम महायज्ञको हवनकुण्डमा आगलागी भएको छ । आज (शनिबार) दिउँसो कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो ।

बैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसारका लागि महायज्ञ लगाइएको हवनकुण्डमा आगलागी भएको हो ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

फागुन १० गतेबाट सुरु भएको महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका थिए । बिहीवार सुरु भएको कोटिहोम यही फागुन २५ गते शिवरात्रीको दिनसम्म सञ्चालन हुनेछ।

कोटीहोममा एक करोड ५० लाख खर्च हुने तथा ५० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको थियो ।

प्रतिक्रिया