धरानबाट भोजपुर जाँदै गरेकाे जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुग्याे


भाेजपुर – धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेकाे जीप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या सात जना पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएकाे छ ।

को १ ज २५९३ नम्बरको जीप दिउँसाे साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका-७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका सात जनाकाे अहिले धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।

जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको परिचय खुल्न नखुलेकाे बताए । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया