घरभित्रै दम्पती मृत फेला


पर्वत – पर्वतकाे जलजलामा घरभित्र दम्पती मृत फेला परेका छन् । जलजला गाउँपालिका-२ मल्लाजको दहमा स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अहिले कार्यालयबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जलजला गाउँपालिका-२ का वडाध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजेतिर भेटिएकोे बताए । घरमा जिसी दम्पती मात्र बस्दै आएका उनले जानकारी दिए ।

प्रतिक्रिया