पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २५ औँ स्मृति दिवस आज


काठमाडाैं – नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उनको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ ।

अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारी नेतृत्वको सरकारले नै बृद्धभत्ता वितरण गर्न सुरु गरेको थियो ।

एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व रुपमा मनमोहनलाई चिनिन्छ । वि.सं.१९७८ सालमा काठमाडाैंमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

अङ्ग्रेजविरूद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया