साउदीमा हट्याे अनिवार्य पीसीआर रिपोर्ट, क्वरेण्टिन बस्नु पर्ने नियम


रियाद – कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ ।

हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनु पर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।

अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् । साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ ।

तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ । यस्तै साउदीले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध पनि हटाएको गल्फ न्युजले जनाएको छ ।

प्रतिक्रिया