चितवनमा गैंडा मृत अवस्थामा फेला


चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

अमलटारी सेक्टरअन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै नारायणी नदीको भंगालो किनारामा १८ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

निकुञ्जको नियमित संयुक्त गस्ती गैंडा फेला पारेको थियो । गैंडाको खाग (खुर) सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जले जनाएको छ । योसँगै साउन महिनापछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ७ वटा गैंडाको मृत्यु भएको छ ।

प्रतिक्रिया