मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराएका हुन् । शपथलगतै मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गरे । उनले नेकपा (एमाले) का तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा नियुक्त गरे । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराए ।

प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोकेको छैन ।

माओवादी अनुपस्थित

यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्य नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रतिक्रिया