रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ‘ह्वीप


काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्नो सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

रास्वपाको २१ सिट छ । रास्वपासहित माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छन् ।  सत्तामा सँगै रहेका यी दलहरू एमाले कांग्रेससँग मिलेपछि पनि सँगै विपक्षीमा छन् ।

उनीहरू सबैले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरिसकेका छन् । ३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ गते शपथ लिएका ओलीले आइतबारका प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया