मोरङमा सुधार गृहबाट १३ दुर्व्यसन फरार, चार जना धरानमा पक्राउ


उर्लाबारी – मोरङकाे सुधार गृहबाट १३ जना भागेका छन् । मोरङ उर्लाबारी-७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ मा उपचार गराइरहेका दुर्व्यसनहरु भागेका हुन् । भागेका दुर्व्यसनहरु झापा, मोरङ र सुनसरी जिल्लाका रहेका छन् ।

शनिबार बेलुका खाना खाने समयमा सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरू फरार रहेको उपचार गृहका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले बताए । दाहालका अनुसार १३ जना भएर एक जना गार्डलाई नियन्त्रणमा लिई हातपात गरी फरार भएका हुन् । उनीहरू मध्ये चार जना धरानबाट पक्राउ परिसकेका छन् ।

आवासीय रूपमा उपचार गराइरहेका उनीहरू भाग्ने बित्तिकै इलाका प्रहरी कार्यालय उर्लाबारीलगायत उनीहरूको घर रहेको क्षेत्रका प्रहरी कार्यालयमा सूचना दिइएको इन्चार्ज दाहालले बताए ।

इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले फरार दुर्व्यसकहरुको खोज्ने कार्य जारी छ । सुधार गृहमा ३२ जना दुर्व्यसकहरुले उपचार गराइरहेका थिए ।

प्रतिक्रिया