हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर – हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका-२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् । सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो।

सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *