डोटीमा जीप दुर्घटना, एक बालिकासहित चार जनाको मृत्यु


काठमाडाैं – डोटीमा जीप दुर्घटना हुँदा एक बालिकासहित चार जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका-६ मा भएको दुर्घटनामा ८ महिनाकी बालिकासहित ४ जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया