चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु, छ घाइते


कैलाली – चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार डगौराको खेतमा आली बनाउने क्रममा चट्याङ लागि घाइते भइ उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको छ।

त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका-४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका-६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।

प्रतिक्रिया