लमजुङको क्व्होलासोथार पहिरोमा बेपत्ता चारै जनाको शव फेला


लमजुङ – लमजुङको क्व्होलासोथार पहिरोमा बेपत्ता चारै जनाको शव फेला परेको छ ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको हो । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

प्रतिक्रिया