कांग्रेस महाधिवेशनः डेढ घण्टा थपियो उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं –  नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकिएकोमा यो समय बढाएर साढे १२ सम्म लम्ब्याइएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ। जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ। चार जना प्यानललसहित चुनावी मैदानमा छन्।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *