‘संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते हुने पक्कापक्की’

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।

शुक्रवार नेपाल प्रेस युनियनकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्।

सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनले बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *