मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज

काठमाडौं – मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ।

मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगञ्जमा एक÷एकवटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री साहले बताए।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *