सत्तरी किलो गाँजासहित एक पक्राउ

चितवन – गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेममा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन्। उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई आज बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो।

गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *