एकीकृत समाजवादीले बैशाख ९ गते स्थापना दिवस मनाउने


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ । पार्टी परित्याग गरेका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय बैठकमा गरिएको हो ।

प्रतिक्रिया