कोशी, मधेश र लुम्बिनी प्रदेशमा वर्षा, अन्यत्र मुख्यतया मौसम सफा


काठमाडाैं – हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

कोशी प्रदेशका मध्यपहाडी र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि  वर्षा भए पनि  बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडाैं उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । काठमाडाैं उपत्यकाको आकाशमा बिहानैदेखि कालो बादल लागेको छ । केही ठाउँमा हावाहुरी पनि चलेको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया