लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता


लमजुङ – लमजुङमा अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका हुन् ।

गएराती करिव १ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले बताए । पहिरोमा परि अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, उनकै बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका हुन् ।

पहिरोमा परेर ४ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको स्थानीयले बताए । अहिले पनि पानी परिरहेकाले उनीहरुको खोजीमा समस्या भएको घलेले बताएका छन् ।

प्रतिक्रिया