दुई तिहाइ समर्थन जुटाउने लक्ष्यमा प्रधानमन्त्री, एमाले सांसदलाई ह्विप

काठमाडौं – नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *