‘मेयर उपमेयर हराएको’ भन्दै फेसबुकमा पोष्ट गरेपछि…
बिर्तामोड – सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले बताए।
प्रहरीका अनुसार बिमलीलाई आइतवार दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए । बिमली दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ ।