अमेरिकामा एक नेपालीको गोली हानी हत्या


काठमाडौं – अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या भएको छ । टेक्ससको वेको सिटी नजिक हाइवे-३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।

स्थानीय समयअनुसार बिहान ५ बजे लुटेराहरूको एक समूहले उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।

उनी रुकुम बाफीकोटका भएको जनाइएको छ । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया