गगन भन्दा अमरेश तेब्बर मतले अगाडी

काठमाडौं – सर्लाही क्षेत्र नम्बर-४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तेब्बर मतले पछि परेका छन् । सार्वजनिक परिणाम अनुसार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले १ हजार ९०८ मतसहित तेब्बरले पछि पारेका हुन् ।

यहाँ गगनले ताजा अवस्थामा ५३६ मत मात्रै ल्याउन सफल भएका छन् । अमरेशकै गृहनगर बलाराको ३ हजार मत गनिसक्दा उनले फराकिलो अग्रता लिएका हुन् ।

त्यहाँ ताराका उम्मेदवारले ३६९ मत पाउँदा सूर्यका उम्मेदवारले केबल ६९ मत लिन सफल भएका छन् । गगन काठमाडौं ४ छाडेर यही निर्वाचनमा सर्लाही ४ झरेका हुन् । यता काठमाडौं ४ पनि रास्वपाले खोस्ने अवस्था आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *