धनुषाबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित साह पक्राउ

जनकपुरधाम – धनुषाबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनुषाको विदेह नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटेको प्रहरीको टोलीले ४२ वर्षीय राजेश कुमार साहलाई पक्राउ गरेको हो ।

साह भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले भारतको विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीले स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७ सय ४८ वटा, ५ सय दरको नोट १ हजार ६ सय ४४ वटा, एकसय दरको नोट २ सय ६० वटा, ५० दरको नोट ८० वटा गरि १६ लाख बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेको मानिस र पैसा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *