ताप्लेजुङमा भूकम्पको धक्का


काठमाडौं – ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार राति ११:४१ बजे ताप्लेजुङको स्याओ आसपासमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको मापन गरिएको छ।

भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन्।

यस अगाडि बाजुरा र मुगु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

प्रतिक्रिया